
काठमाडौँ । काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन शुरु भएको छ । गणतन्त्रवादी र राजावादीहरुले आज काठमाडौँको विभिन्न ठाउँमा बेग्लाबेग्लै रुपमा प्रदर्शन शुरु गरेका हुन् ।
गणतन्त्रवादी र राजावादीहरुको नेता तथा कार्यकर्ता काठमाडौं उपत्यकाका विभिन्न चोकमा यतिखेर झण्डा–ब्यानरसहित जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।
बिहान ११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन शुरु गर्ने भनिएको थियो । तर गणतन्त्रवादी र राजावादीहरुल११ बजेदेखि नै उनीहरु र्याली निकालेका छन् । गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् । प्रदर्शनीमार्ग र तीनकुनेमा सभाका लागि मञ्च तयार भइसकेको छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो । राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुश दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।
यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा जम्मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा