
गोरखा । उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ ।
सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा आज बिहान हिँड्ने क्रममा अचानक ढलेर घाइते हुनुभएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
‘शेर्पा आइएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको पथप्रदर्शकका रूपमा यहाँ आएका रहेछन्’ उहाँले भन्नुभयो– ‘हिँड्ने क्रममा अचानक ढल्दा टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि धार्चे आधारभूत अस्पताल लगिएको थियो ।’
प्रनाउ सुवेदीका अनुसार शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा