
काठमाडौँ । प्रतिपक्ष दलहरुले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।
प्रतिपक्ष दलका सांसदहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गर्नुभएको हो । उहाँहरुले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राख्नुभएको छ ।
सांसद गोपीबहादुर सार्की अछामीले भन्नुभयो– कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई ?’
लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा