
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ८ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यो रकम गत आव २०८० र ०८१ को त्यही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८० र ०८१ को त्यही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार रुपैयाँँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख रुपैयाँँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
गत आवभन्दा राजस्व सङ्कलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याज बापत ६ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष त्यही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो ।
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा