
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी निरीक्षक स्वर्गीय दिलबहादुर बडुवालको आश्रित परिवारलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन तथा उद्वारमा खटिने क्रममा बिरामी भइ मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको आश्रित परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभयो । विपद् व्यवस्थापनमा योगदान पु(याएबापत् उहाँको परिवारलाई सो रकम उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।
विपद् उद्धारका समयमा बिरामी भई गत असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएकोमा उपचार क्रममा असोज २८ गते सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन भएको थियोे । बर्दिया घर भएका बडुवाल २०५९ साल जेठ १३ गते सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना हुनुभएको थियो ।
सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ आइटी पार्कमा स्थापना गरेको मनसुनजन्य विपद् व्यवस्थापन बेसमा बडुवाल कमाण्डरको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
विपद् व्यवस्थापनका क्रममा घाइते तथा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउने उद्देश्यले ‘सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषसम्बन्धी मापदण्ड २०८१’ सञ्चालन गरिरहेको छ ।
कोषबाट ३ जना सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई ५ लाखका दरले २० लाख रूपैयाँ सहयोग रकम उपलब्ध गराइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा