
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार रुपैयाँ सङ्कलन भएको छ ।
कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ . ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ ६ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ एक करोड २५ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको छ ।
कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार ६ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा