
काठमाडौँ । प्रेस चौतारी नेपालले अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लगायतका पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार बन्नको लागि चर्को शुल्क तोकेको छ । कतिपय प्रतिनिधिले उम्मेदवार शुल्क विबरण सामाजिक सन्जालमा पोष्ट गरेरै त्यसप्रति विरोध जनाइरहेका छन् ।
प्रेस चौतारीको १०औँ महाधिवेशन आइतबारदेखि विराटनगरमा भइरहेको छ । चौतारीले अध्यक्षको उम्मेदवार बन्न ३५ हजार रुपैयाँ शुल्क तोकेको छ । अन्य पदाधिकारीको लागि उम्मेदवार शुल्क २५ हजार रुपैयाँ तय गरिएको छ । आयोग अध्यक्ष बन्न चाहनेले १५ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ ।
आयोगको अन्य पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहनेलाई उम्मेदवार शुल्क १० हजार रुपैयाँ तोकिएको छ । उम्मेदवार शुल्क चर्को भएको भन्दै महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
कतिपय प्रतिनिधिले उम्मेदवार शुल्क विबरण सामाजिक सन्जालमा पोष्ट गरेरै त्यसप्रति विरोध जनाइरहेका छन् । उम्मेदवार शुल्क चर्को भएपछि अध्यक्षसहित पदाधिकारीमा उम्मेदवार न्यून हुने देखिएको छ । केन्द्रीय सदस्यको उम्मेदवार समेत अत्यन्तै कम हुने स्थिति बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा