
काठमाडौँ । अभिनेत्री दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन्। आइतबार आयोजित कार्यक्रममा अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन्।
अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।
प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको । ७ वर्षदेखि शैक्षिक विधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया ,क्यानडा, बेलायत, अमेरिका, डेनमार्क, न्यूजील्याण्ड, फिनल्याण्ड र यूरोप लगायत अन्य राष्ट्रमा उच्च शिक्षा लिन जान चाहनु हुने विद्यँर्थीलाई शैक्षिक परामर्श दिंदै भिषा सम्बन्धि सम्पूर्ण काम गर्दै आइरहेको छ ।
ब्राण्ड ऐम्बेष्डरको रूपमा नियुक्त भएपछि अभिनेत्री दिव्या रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । ‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विध्यार्थीसँग बाड्ने छु । साथै बिध्यार्थीहरूसंग सहकार्य गर्ने छु’ रायमाझीले भनिन् ।
यसैबीच युवा पुस्ता माझ चर्चित अभिनेत्री आफ्नो संस्थामा आवद्द भएपछि संस्थाको गरिमा बढेकोमा संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले प्रसन्नता ब्यक्त गरे । ब्राण्ड एम्बेष्डरका रूपमा नियुक्त भएपछि अब दिव्या रायमाझीले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छिन् ।
यसैबीच अभिनेत्री दिव्या रायमाझीको उपस्थितिमा मार्च २७ तारेखका दिन सस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा