
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ ।
सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानार्कषण गराएको हो ।
श्रमिक आपूर्तिकर्ता कम्पनीहरूले सुरक्षा, सरसफाइ तथा फोहोर, बगैंचा व्यवस्थापन, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिक, चालक लोड, परिचालक, अनलोड सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, डकर्मी, इलेक्ट्रिसियन सिकर्मीलगायत निर्माण श्रमिक र घरेलु श्रमिक आपूर्ति गर्दै आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको यस विभागले आज य पत्रकार सम्मेलन आयोजना गरेर श्रम ऐन विपरित कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले असल श्रम अभ्यासका लागि श्रम प्रशासनसँग सम्बन्धित विभिन्न छ वटा कानूनी व्यवस्थाका बारेमा सूचना जारी गर्नुभयो । विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, बालश्रम निवारण, सामाजिक सुरक्षाकोषमा योगदान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन कार्यान्वयनका लागि आजै सूचना जारी गरेको छ । नियमित अनुगमनबाहेक पनि गुनासो र उजुरीका आधारमा यी सूचना जारी गरिएकोे महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
‘यस विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दै आएको छ’ उहाँले भन्नुभयो– ‘प्रतिष्ठानहरूमा मर्यादित एवम् उचित श्रम अभ्यासको वातावरण निर्माण गर्न सरोकारवाला सबेसँग आग्रह गर्छौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा