
काठमाडौँ । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैधरुपमा भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद मनिष झाले केही दिनअघि समातिएको २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गर्नुभयो । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उहाँले ध्यानाकर्षण गराउनुभयो । यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
बाह्रबिसेमा समातिएको अवैधरुपमा भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा