
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासङ्घ नेपालले ५ दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिनुभयो ।
उहाँकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टल रहनेछ । जम्मा एक सय ४४ वटा बिक्री स्टल राखिनेछ । जसमा दुई वटा ‘प्याभिलियन’ राखिनेछ । त्यसैगरी ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराइनेछ ।
करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घको अनुुमान छ । यस मेलामा करिब २ करोड २५ लाख रुर्पैयाँ बरावरको कारोबार गर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा