
काठमाडौँ । शेयर बजारमा निरन्तर कमी आएको छ ।
साता कारोबारको लगातार चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा कमी आएको हो । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ ।
नेप्से परिसूचक आज १४ दशमलव ८८ अंकले घटेर २ हजार ६ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजार ८ सय २९ कित्ता शेयर, ५४ हजार ६ सय २२ पटक खरिद बिक्री हुँदा ५अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।
आजको कारोबारमा होटल तथा पर्यटन, म्युचल फण्ड र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् । होटल तथा पर्यटन शून्य दशमलव १०, म्युचल फन्ड शून्य दशमलव ०३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६० प्रतिशतले बढेको आजको बजारमा अरु सबै समूहका उपसूचक घटेका छन् ।
बैंकिङ समूह शून्य दशमलव ५६, विकास बैंक शून्य दशमलव १३, वित्त एक दशमलव ५३, जलविद्युत् शून्य दशमलव ६७, लगानी शून्य दशमलव ४९ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव २० प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २९ करोड ६७ लाख ३२ हजार ६ सय ८२ रुपैयाँको शेयर किनबेच भएको छ ।
सङ्ख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार ६ सय २५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा