
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ ।
काठमाडौँ उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।
त्यही व्यवस्थाअनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको हो ।
अत्याधुनिक प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तिसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ । अत्याधुनिक प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान समेत गरिएको आयोजनाका उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा