
कर्णाली । चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३७ हजार ९ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् ।
यस्तै, दैलेखबाट छ हजार एक सय ९६, जाजरकोटबाट चार हजार छ सय ६८, सल्यानबाट चार हजार दुई सय ६९, कालिकोटबाट चार हजार ८९, रुकुमपश्चिमबाट तीन हजार छ सय ६८, जुम्लाबाट दुई हजार छ सय ८१, हुम्लाबाट एक हजार एक सय चार र मुगुबाट नौ सय सय ४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताउनुभयो ।
यसैगरी, १० जिल्लामा एक सय ८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चारवटा परीक्षा केन्द्र रहेका छन् । केन्द्राध्यक्ष एक सय ८०, सहायक केन्द्राध्यक्ष दुई सय ५२, निरीक्षक एक हजार आठ सय ९५, परीक्षा सहायक तीन सय ८०, कार्यालय सहयोगी सात सय ५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार एक सय ६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।
सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुईदिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताउनुभयो । यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उहाँको भनाइ छ ।
शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि एक करोड २४ लाख ९५ हजार ७ सय ५०, इकाईका लागि १४ लाख ३४ हजार ७ सय ५० गरी जिल्लामा जाने कूल बजेट एक करोड ३९ लाख ३० हजार ५ सय रुपैयाँ छुट्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा