
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद विमला सुवेदीले गणतन्त्र रक्षाका लागि सरकारले जनपक्षीय काम गर्नुपर्ने बताउनुर्भको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
उहाँले अहिलेको व्यवस्थाको रक्षाका लागि जनताका पक्षमा प्रभावकारी रुपमा काम गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै उहाँले बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने खाँचो रहेको बताउनुभयो । सांसद सुवेदीले भनुभयो– ‘यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।’
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठीक भएको भन्दै उहाँले आफ्नो पार्टीले यसको विरोध गर्ने बताउनुभयो ।
सांसद सुवेदीले बाँकेको बालेन्दु बालसुधार गृहका समस्या दीर्घकालीन रुपमा समाधानका लागि कानुनी र संरक्षणगत सुधार जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा