
काठमाडौँ । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा शुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटो गरिनुपर्ने बताउनुभयो । सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरुले न्यायकालागि धर्ना बसेको ३८ दिन बितिसक्दा पनि कुनै सुनवाइ नभएकाले समस्याको सुनवाई गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी नगरपालिकाका–२ मा पर्ने सडक ठेक्कामा समस्या देखिएकाले पुनः ठेक्का लगाइ काम अगाडि बढाउन आग्रह गर्नुभयो । सांसद मनिष झाले सडकमा सरकारप्रति असन्तुष्टि बढिरहेकाले विश्वासको वातावरण तय गर्न सुझाव दिनुभयो ।
यसैगरी सांसद माधव सापकोटाले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकोे निर्वाचनमा स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद मीना तामाङले जनआन्दोलनबाट प्राप्त संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
सांसद मेनकाकुमारी पोखरेलले राष्ट्रिय राजमार्गमा मर्मत सम्भारका लागि बजेट नछुट्याउँदा दुर्घटना बढिरहेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले उत्पादित जुनारलाई भण्डारणका लागि सरकारबाट बजेट बिनियोजनको माग गर्नुभयो । त्यसैगरी सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा चैते धानका लागि सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद रनेन्द्र बराइलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनावश्यक तनाव दिन उपयुक्त नरहेको धारणा राख्नुभयो । सांसद राजेन्द्रकुमार केसीले नेपाल प्राकृतिक प्रकोपको जोखिम भएको मुलुक भए पनि राहत, उद्धार र पुनःनिर्माण प्रभावकारी हुन नसकेको बताउनुभयो ।
सांसद रामकुमार राईले असोजमा आएको बाढीले लगेको फोक्सिङटार पूलको स्रोत सुनिश्चित गरेको, दुधकोशी हाइड्रोको मुआब्जा वितरण भएकामा सरकारको कामको प्रशंसा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा