
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।
चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ÷संगठनबिचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।
क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ÷सङ्गठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।
सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी )नेविसङ्घ), सहसचिवमा धीरज परियार )अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन )नेविसंघ) सर्वसम्वत निर्वाचित हुनुभयो ।
यसैगरी सदस्यमा नेकपा )एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाटअशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा