
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताउनुभएको छ ।
आजदेखि शुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लमहीमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका आचार्यले देशको आर्थिक क्षेत्रलाई चलायमान गराउनका लागि यसले निकै महत्वपूर्ण भूमिका खेलेको हुँदा खेल क्षेत्रमा लगानी बढाउनका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि यसपटक लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएकोप्रति नेपाल क्रिकेट सङ्घलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो । प्रदेशमा भएका ठूला क्रिकेट प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउनकै लागि काठमाडौँ बाहिर खेलको आयोजना गरेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका तीन ठाउँमा एकैपटक भएको खेलले भोलिका दिनमा यहाँको क्रिकेट क्षेत्रको अझ प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
आजदेखि शुरु भएको प्रतियोगिता लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरी प्रदेशका तीन ठाउँमा आजदेखि एकैपटक सञ्चालन भएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा