
झापा । जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषदको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदैछ ।
जिल्लाका स्थानीय तहका विद्यालयहरुबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले ६ विधामा प्रतिस्पर्धा खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताउनुभयो ।
यस वर्ष एथलेटिक्स (छात्र र छात्रा), भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र उसु (छात्र÷छात्रा) खेल हुने उहाँले जानकारी दिनुभयो । प्रत्येक टिममा छ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजारजनाको जमघट मेची रंगशालामा रहन अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रतियोगिताका लागि खेलको विधा अनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको उहाँको भनाई छ । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो । प्रतियोगिताबाट विजेता खेलाडीहरु छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने उहाँले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरुबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ । बजेट नआए पनि उद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दातासँग सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह