
काठमाडौँ । सरकारले ल्याएको विभिन्न ६ अध्यादेश मध्ये ५ वटा प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिपक्षले चर्को विरोध गर्दै आएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गएको माघ २ गते जारी गरिएको भूमि अध्यादेश ‘होल्ड’ गरेर बाँकी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको हो ।
सरकारले पुस १४ गते हकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो । त्यस्तै पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।
त्यही दिन निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।
यी अध्यादेश बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । यी अध्यादेश अब राष्ट्रियसभाबाट समेत स्वीकृत भए सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह