
काठमाडौँ । पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीले पाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन.) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा फागुन १८ गते जर्मनी प्रस्तान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हाल्ने गरी तोक्नुभएको छ ।
प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह