
मोरङ । नेकपा एमाले मोरङको नयाँ नेतृत्वको लागि मतदान भइरहेको छ । शनिबारदेखि शुरु भएको १० औँ जिल्ला अधिवेशनमा सहमति नजुटेपछि आज मतलदान गरिएको हो ।
जिल्ला अधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर अर्थात् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
इतरको नेतृत्व नेता विनोद ढकालले गरिरहनु भएको छ । ढकाल पूर्वराष्ट्रपति भण्डारी निकट मानिनु हुन्छ । संस्थापन समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहनु भएको छ । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे हुनुहुन्छ ।
नयाँ नेतृत्वका लागि ९ सय ११ प्रतिनिधि मतदाता छन् । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह