
बैतडी । बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ ।
जिल्लाका नौ पालिका सहभागी रहेको प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको हो ।
पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल प्रतिभा देखाएकाले अनुशासित टिम घोषणा भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो । अनुशासित घोषणाको प्रमाणपत्र दोगडाकेदारका तर्फबाट टिम प्रशिक्षकसमेत रहनुभएका पालिकाका खेल प्रशिक्षक नरेन्द्रसिंह कार्कीले ग्रहण गर्नुभयो ।
क्वाटरफाइनलबाट बाहिरिएको दोगडाकेदारको टिमले अनुशासितको उपाधि हात पारेकामा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेको बताउनुभयो । फागुन १५ गतेदेखि शुरु भएको प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई हराउँदै घरेलु टोली दशरथचन्द नगरपालिकाले जितेको छ ।
गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेल मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै दशरथचन्दले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
पराजित मेलौलीले ७५ हजार रुपैयाँमा चित्त बुझायो । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि शुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता थियोे । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह