
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि १ किलो २ सय ग्राम सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा ल्याएको उल्लेखित परिणामको सुनसहित १ जना महिलालाई पक्राउ गरेको छ ।
फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट शनिबार राति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्करलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । ती महिलाले ब्रा र कट्टुभित्र प्लाष्टिकले बेरेर ल्याएको सुन बरामद गरिएको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी ती महिलाले ब्राभित्र सुन २ पोका तौल ५ सय ग्राम तथा लगाएको कट्टुभित्र ८ सय ग्राम सुन ल्याएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा