
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि लागेको छ । नेप्से बिहीबार ८ दशमलव ७१ अंकले ओरालो लागेर २हजार ४९ दशमलव २८ मा अडिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव १२ अंकले ओरालो लागेर ३ सय ७९ दशमलव १६ मा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको शेयर मूल्यमा भने कमी आएको छ । कूल १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँँमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । त्यो कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६ सय ४५ रुपैयाँ बराबरको शेयर कारोबार भयो । शिवम् सिमेन्ट १९ करोड ४८ लाख २६ हजार ६ सय ८८, माउण्टेन इनर्जी १८ करोड ६४ लाख ८५ हजार ४ सय ७३, एनआरएन इन्फास्ट्रचर र १६ करोड २९ लाख ३८ हजार ४ सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर १५ करोड ६९ लाख ३ हजार ९ सय २६ रुपैयाँँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी ९ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्यारेन्स ६ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर ५ दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी ५ दशमलव ४५, जानकी फाइनान्स ५ दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार ४ सय ५९ रुपैयाँ बराबर पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा