
चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा २ सय ६५ घडियाल गोही र ३ वटा डल्फिन भेटिएका छन् ।
नारायणीमा तीन भालेसहित १ सय १३ र राप्तीमा तीन भालेसहित १ सय ५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुस १ गतेदेखि १५ गतेसम्म दुई नदीमा घडियाल अनुगमन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका १० जना कर्मचारी अनुगमनमा खटिएको उहाँले जानकारी दिनुभयो ।
घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो । यहाँका दुई नदीमा भाले गोहीको अभाव भएपछि विसं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो ।
हरेक वर्ष यसै समय नदीमा गोहीको अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन् केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतकको नेतृत्वको टोलीले अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ । तिवारीका अनुसार आउँदो चैत–वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन् केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ ।
सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो । हरेक वर्ष नदीमा गोही छाडिने भए पनि भारत पुगेका गोही बाँधका कारण फर्किन नसक्ने भएकाले उल्लेख्य रुपमा वृद्धि हुन नसकेको उहाँको भनाइ छ । माछा मार्ने जालमा परेर, अनाधिकृत रुपमा ढुङ्गा गिट्टीको उत्खनन् लगायत मानवीय अतिक्रमणका कारण घडियाल गोही संरक्षणमा समस्या पर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा