
दैलेख । ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको अन्त्येष्टि गरिएको छ । दैलेख श्रीस्थानको घाटमा हिन्दू परम्पराअनुसार आज (मंगलबार) उनको अन्त्येष्टि गरिएको हो ।
यसअघि आजै दिउँसो सुजनको शवयात्रा गरिएको थियो । सुजनको शव काठमाण्डौबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखको कालीदत्त गुल्म पुर्याइएको थियो । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्याई सुजनको शवयात्रा शुरु भएको हो । शवयात्रामा आफन्तसहित स्थानीयवासीको सहभागिता थियो ।
गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । हिजो सोमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा