
काठमाडौँ । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज एक करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा