
इलाम । इलामको पर्यटकीय क्षेत्र जौबारी–गैरीबास क्षेत्रमा आज लोपोन्मुख सूचीमा रहेको जनावार रेडपाण्डा मृत भेटिएको छ । सन्दकपुर गाउँपालिका–५, जमुनाको जौबारीस्थित वृक्षरोपण क्षेत्रको तारबारको छेउमा रेडपाण्डा मृत भेटिएको सन्दकपुर गाउँपालिका पशु स्वास्थ्य प्राविधिक सविन भट्टराईले जानकारी दिनुभयो ।
अन्दाजी एक–डेढ वर्षको पोथी रेडपान्डा मृत भेटिएको हो । पेटमा केही वस्तुले खाएर चोट लागेको जस्तो देखिने मृत रेडपाण्डालाई परीक्षणका लागि सदरमुकामस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पठाइएको भट्टराईले जानकारी दिनुभयो ।
इलामको उत्तरपूर्वी लेकाली यो क्षेत्रमा रेडपान्डा पाइने गरेको छ । जमुनाको चोयाटार सामुदायिक वन, सीमावत्र्ती क्षेत्र जौबारी, गैरीबासलगायतका स्थानहरुमा रेडपाण्डा हेर्नकै लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेको स्थानीय जनप्रतिनिधि कुमार गुरुङ बताउनु हुन्छ । यसअघि चोयाटार सामुदायिक वनमा लोपोन्मुख रेडपान्डाको संरक्षणका लागि विभिन्न कामहरु समेत गरिएका थिए । गुरुङका अनुसार यो क्षेत्रमा रेडपाण्डाका लागि क्यामेरा ट्रयापिङ समेत जडान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा