
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाउनुभएको छ । आज (सोमवार) माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोड्दै प्रहरीले धरपकड गरेको बताउनुभयो ।
उहाँले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको होला भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला ? हामी संसदमा छलफल प्रस्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ ।’
अध्यक्ष राउतले सरकारले रङ्गभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताउनुभयो । उहाँले मधेसी मूलकी मन्त्री भएकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको जिकिर गर्नुभयो । उहाँले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई सरकारले यसरी समात्न सक्छ भन्दै प्रश्न गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा