
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश फाइनलमा पुगेको छ । कोशी सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।
सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा ७ चौका प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै ७ चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले १ विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८८ रनको योगफल बनाएको थियो । उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७,७ रन बनाए ।
कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान १, १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा