
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नु भएको छ । नागरिकको सुरक्षा गर्न र उनीहरूलाई हमास आतंककारीहरुबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।
दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गर्नु भएको बताइएको छ । राष्ट्रपति बाइडेनले ूगाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहू को महत्त्वमा विशेष जोड दिनुभएको छ । उहाँले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गर्नु भएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ ।
राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्याउँनु छ।बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तरराष्ट्रिय समिति (आईसीआरसी) लाई हमास आतंककारीकारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उहाँले युवती (महिला) नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ । दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने