
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।
चिनियाँ पात्रो अनुसार वर्षको १२ महिनालाई जनावरको नामबाट नामकरण गरिएको हुन्छ । सोही अनुसार आज तमु समुदायले मुसा वर्गलाई विदाई गरी गाई वर्ग अर्थात् नयाँ वर्षको स्वागत गरेका छन् ।
तमु संस्कृति अनुसार आजको दिनमा सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाउने गरिन्छ । तमु ल्होसार सूर्यको किरणसँग पनि सम्बन्धित रहेको बताइएको छ ।
यो वर्षको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । नेपालका विशेषगरी गण्डकी प्रदेशका अधिकांश जिल्लामा गुरुङ समुदायको मुख्य बसोबास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा