
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनायो ।
नेपालका लागि उत्तम थापा मगरले सर्वाधिक ५१ रन बनाए । दिपेश कँडेलले पनि ३१ रनको योगदान गरे । ओपनर अर्जुन कुमालले २१ रन बनाए । नेपालले अतिरिक्त रूपमा २१ रन पायो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यान खासै चल्न सकेनन् ।
पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन सबैभन्दा प्रभावकारी ठहरिए । उनी एक्लैले ६ विकेट लिएका थिए । उनले ९.२ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । अमिर हसनले पनि दुई विकेट हात पारे । उबैद शाह र अली असफान्दले पनि एक-एक विकेट लिए । नेपालले अन्तिम विकेटका रूपमा आकाश चन्दलाई पाँच रनमा गुमाएको थियो । उनलाई पनि जिसनले नै बोल्ड गरेका थिए । सुवास भण्डारी आठ रनमा अविजित रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने