
पोखरा । पूर्वप्रधानमन्त्री तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई नेकपा एमालेको सरकार चाहिने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टीको ‘झुलाघाट(चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत शुक्रबार पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन(८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताउनुभयो । उहाँले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
‘देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ’ उहाँले भन्नुभयो, ‘पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो ।’
अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राख्नुभयो । ‘देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन’ उहाँले भन्नुभयो, ‘देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने