
काठमाडौँँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले दोषी ठहर गरेको छ । क्रिकेटर लामिछानेलाई काठमाडौंँ जिल्ला अदालतले बलात्कार मुद्धामा शुक्रबार दोषी ठहर्याएको छ ।
काठमाडौँ अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेटर लामिछानेलाई दोषी दोषी ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । अदालतले सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।
लामिछानेलाई कैद अवधि तोक्न पुस २५ गते फेरि सुनुवाइ हुने भएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले लामिछानेलाई कैद अवधि नतोकिएको हो । पुस २५ गते न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेलाई कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।
अदालतले सन्दीपलाई बलात्कार आरोप लगाएकी गौशाला २६ नाबालिका नभएको समेत ठहर गरेको छ । गौशाला २६ को उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा