
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल आज धनगढी आइपुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल सुदूरपश्चिम महोत्सव उद्घाटन लगायतका कार्यक्रमको लागि यहाँ आउनुभएको हो ।
प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो ।
अध्यक्ष अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने