
काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा फेल भएका सबै परीक्षार्थीलाई ईपीएस भाषा परीक्षामा सामेल गराउन अदातलको आदेश दिएको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।
सिप बिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फाराम भर्न दिनू भनेर आदेश दिएको हो ।
सिप बिल्डिङमा फेल भएका करिब ३० हजारमध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने भएका थिए भने अब सिप बिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउनेछन् ।
परीक्षा फाराम भर्न नपाएका युवाहरुले शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा. २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा