
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार गरिएको प्रदर्शनमा २ जनाको मृत्यु भएको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर प्रदर्शनमा उत्रिएकाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी आजगनी गरेपछि घटना हिंसात्मक बनेको हो । मन्त्रीको गाडीमा आगजनीपछि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र गोली प्रहार गरेको थियो । प्रहरीको लाठीचार्ज र गोली प्रहारबाट डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतले जीवन गुमाएका छन् ।
त्यो घटना छानविन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा समिति बनाएको हो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा