
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेका हुन् ।
‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसको अपिल छ ।
शुक्रवार दिउँसो कोरियाली भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा