
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको मृत्यु भएको छ ।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि शुक्रबार गरिएको प्रदर्शनमा गोली लागेर घाइते भएका डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका राउतलाई किस्ट अस्पतालमा उपचार थाल्दाथल्दै मृत्यु भएको थियो । बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका शाहको उपचारको क्रममा मृत्यु भएको हो । उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले प्रर्दशनमा गोली लागेको दुवै जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
प्रदर्शनको क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी आजगनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनीपछि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र गोली प्रहार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा