
काठमाडौँं । संघीय सरकारका मन्त्री चढेको गाडीमा राजधानी काठमाडौँमै आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार दिउँसो
ललितपुरको बालकुमारीमा आगजनी भएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर बालकुमारीमा प्रदर्शन गरेका युवाले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहनुभएका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठकमा जाने क्रममा आगजनी भएको हो । प्रत्यक्षदर्शीका अनुसार बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी रोकेर घेरा हाले । गाडीमा मन्त्री ज्वलासँगै सँगै दुई जना निजी सुरक्षा अधिकृत पनि थिए । प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीले गाडीमा आगजनी गरेका हुन् । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा