
काठमाडौँ । राष्ट्रियसभा चुनावको लागि पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा चुनावको लागि निर्वाचन आयोगले सम्बन्धित जिल्ला न्यायाधीशलाई अधिकृत बनाउने तयारी गरेको छ । आयोगले निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जिल्लाका न्यायाधीशलाई अधिकृत बनाउने तयारी गरेको हो । आयोगले त्यसको लागि ती न्यायाधीशलाई बिहीबार निर्वाचन अधिकृत नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभएको छ ।
आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानूनी व्यवस्था छ । त्यही प्रावधान अनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा