
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।
बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।
बैठकमा ७७जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा