
काठमाडौँ । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक एक गोल गरेभने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा