
काठमाडौँ । प्रधानमन्त्री कार्यालयमा कर्मचारीको ६८ दरबन्दी काटिने भएको छ । सरकारले प्रधानमन्त्री कार्यालय पुनर्संरचना गर्दै कर्मचारीको दरबन्दी व्यापक रुपमा कटौती गर्न लागेको हो ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिनुभएको छ । ‘सरकारको कार्यशैली बदल्न प्रधानमन्त्री कार्यालय पुनर्संरचना गर्न लागिएको हो’ उहाँले भन्नुभयो ।
मन्त्री शर्माले प्रधानमन्त्री कार्यालयबाट दरबन्दी कटौतीमा परेका कर्मचारीलाई अन्यत्र व्यवस्थापन गरिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा