
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य उपचारको लागि राज्यकोषबाट फेरि १० लाख दिइने भएको छ ।
राष्ट्रपति पौडेलको उपचार खर्चको लागि सरकारले ९ लाख ९५ हजार ९ सय ३५ रुपैयाँ दिने तयारी गरेको छ । उल्लेखित रकम अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ ।
सरकारले राष्ट्रपति पौडेलको उपचारको लागि यसअघि ५५ लाख दिएको थियो । राष्ट्रपति पौडेलको गएको वैशाखमा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गरिएको थियो । राष्ट्रपति पौडेल वैशाख ६ देखि १७ गतेसम्म एम्समा रहँदा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको थियो । त्यो रकम राज्यकोषबाट व्यहार्ने निर्णय गरी असार १२ गते मन्त्रिपरिषले भुक्तानीको निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा