
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी(का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकतावद्ध हुनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीको बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा लोकतान्त्रिक वाम शक्तिले मात्रै राजनीतिक स्थिरता कायम राख्ने र मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो । ।
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताउनुभयो । अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको अध्यक्ष नेपालको भनाई छ । ‘वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याउनुभयो । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उहाँको कथन छ ।
अध्यक्ष नेपालले भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउनुभयो । ंसहि राजनीतिक कार्यदिशाको खाँचो छ’ उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मक रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानित नेता झलनाथ खनालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताउनुभयो । उहाँले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी सङ्गठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा