
काठमाडौँ, युएईमा आजदेखि शुरुहुने एसीसी यू-१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।
नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू-१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।
समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ । तीनवटै टेष्ट मान्यता प्राप्त देश भएकाले एसिया कपलाई नेपालले जित हार भन्दा बढी अनुभव हासिल गर्ने र विश्वकपको तयारीका रुपमा लिइएको छ ।
‘विश्वकप खेल्न जानुअघि हामीले टेष्ट राष्ट्रसँग खेल्ने मौका पाएका छौं’ मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘यो हाम्रो क्षमता परीक्षणको राम्रो मौका हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने