
काठमाडौँ ९ पुस : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
यसअघि खेलको पाँचौँ मिनेटमा पोखराले पहिलो गोल गर्दै अग्रता लिएको थियो । उक्त गोल आयुष घलानले गरेका थिए । त्यस्तै खेलको ५४औँ मिनेटमा धनगढीका लागि कप्तान देवेन्द्र तामाङले गोल गरे । यस्तै अतिरिक्त समयमा पोखराका लागि स्टेफन कोजो एनोरले तथा धनगढीका लागि अहमद हिजाजीले गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा